काठमाण्डौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको अध्यक्षता ज्येष्ठ प्रतिनिधि काठमाडौं ८ का प्रतिनिधि श्यामकुमार खड्काले गर्ने भएका छन् ।
महाधिवेशन प्रतिनिधिमध्येका ज्येष्ठ ८८ वर्षका खड्काले विशेष महाधिवेशन बन्द सत्रको अध्यक्षता गर्ने प्रचार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए ।
बन्दशत्रको सञ्चालन कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले गर्ने पोखरेलले जानकारी दिए ।
बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव र विश्वप्रकाश शर्माले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।
प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिने र टोली नेताले छलफलको निष्कर्ष राखेर निर्णय लिइने पोखरेलले बताए । पोखरेलले बन्दशत्र लम्बिने जानकारी दिए । ‘मलाई लाग्छ बन्द सत्र लम्बिन्छ। निर्वाचन हुने भए थप एक/दुई दिन लाग्छ विशेष महाधिवेशन सकिन,’ उनले भने ।
पोखरेलले बन्दशत्र सञ्चालनका लागि ५१ प्रतिशतको संख्या बढेको जानकारी दिए ।





