काठमाडौं – महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको हो। बीबीसीका अनुसार मुम्बईबाट एक निजी विमावनबाट पवार बारामती जाँदै थिए।
नागरिक उड्डयन महानिर्देशनालय (DGCA) का अनुसार अवतरण गर्ने क्रममा बिहान ८:४८ बजेतिर दुर्घटना भएको थियो। विमानमा अजित पवार, उनका दुई सहयोगी र दुई चालक दलका सदस्य सहित अन्य चारजना सवार थिए। नागरिक उड्डयन महानिर्देशनालयअनुसार कोही पनि जीवित नरहेको अनुमान गरिएको छ।
बीबीसी मराठीसँग कुरा गर्दै अजित पवारका निजी सहायक अनिल ढिकालले दुर्घटनाको खबर पुष्टि गरेका छन्।


