महोत्तरी - धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
उनिसँगै बटेश्वर गाउँपालिका वडा नम्बर ५ शान्तिपुरका नेकपा एमालेबाट निर्वाचित वार्ड सदस्य अशोक यादवसहित करिब १५० जना नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई नेपाली काँग्रेसका निवर्तमान सहमहामन्त्री एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का काँग्रेस उम्मेदवार महेन्द्र यादवले एक कार्यक्रमबीच स्वागत गरेका थिए ।
सो अवसरमा लोसपा र एमालेबाट गरी जम्मा १५० जना काँग्रेसमा प्रवेश गरेको जानकारी राउतले दिए ।




