महोत्तरी – रास्वपा पार्टीका वरिष्ठ नेता बालेन साह भोलि महोत्तरी आउँदै छन्। पार्टीका जिल्ला सभापति शुभम कुमार यादवले जानकारी दिनुभयो।
नेता साहको भ्रमणको क्रममा जिल्लाका जलेश्वर, एकडारा, बलबा (सरपल्लो) र बर्दिवास क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवारसँग भेटघाट हुने बताइएको छ। भेटघाटमा पार्टीको रणनीति, संगठन सुदृढीकरण र स्थानीय जनताको समस्याबारे छलफल गरिने जनाइएको छ।
स्थानीय कार्यकर्ता र जनसमुदायसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम पनि तय गरिएको छ। नेता साहको आगमनले जिल्लामा पार्टी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।




