जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हुने गरेको समग्र गुनाशो विषयमा सरोकारवालाहरुसंग आज जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयको समन्वयमा सम्पन्न भएको सो अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य क्षेत्रका गुनाशाहरु हेलो सरकार तथा हेलो हेल्थ मार्फत प्राप्त हुने गरेको जानकारी मन्त्रालयले दिईएको हो ।
प्राप्त भएका गुनाशोहरुको तत्काल समाधानका लागि प्रयास हुने गरेको मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिनु भयो । मन्त्रालयमा हेलो हेल्थमा प्राप्त ५ सय ४९ वटा उजुरी मध्ये अधिकांशको सुनुवाई भएको जानकारी डा. केसीले दिनु भयो । हेलो हेल्थमा सेवाग्राहीले १११५ मा फोन गरेर गुनाशो टिपाउने व्यवस्था रहेको छ ।
यसै गरि प्रधानमन्त्री कार्यालयमा २४ घण्टे गुनाशो सुनुवाई हेलो सरकार मार्फत प्राप्त गुनाशो मध्ये स्वास्थ्यका १ हजार ६ सय ७३ वटा उजुरी मन्त्रालयमा आएको र त्यस मध्ये १ हजार ५७ वटाको सुनुवाई भएको जानकारी मन्त्रालयका सुशासन ईकाईका अधिकृत राममणि कोईरालाले जानकारी दिनु भयो । हेलो सरकारमा फोन, ईमेल तथा सामाजिक सञ्जाल मार्फत गुनाशो गर्न सकिने व्यवस्था रहेको उहाँले जानकारी दिनु भयो ।
पछिल्लो केही समय यता स्वास्थ्य सम्बन्धि गुनाोहरुको संबोधन गराउनका लागि प्रधानमन्त्री कार्यालयवाट पत्र तथा फोनमार्फत ताकेता आउने गरेको जानकारी दिईएको छ । स्वास्थ्य सम्बन्धि गुनाशाहरु शहरी तथा ठूला स्वास्थ्य संस्थाका विविध विषयमा बढीमात्रामा आउने गरेको जानकारी दिईएको छ ।
सो छलफलमा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले स्वास्थ्य क्षेत्रमा सिमित साधन श्रोत र जनशक्ति भएका कारणले गुनाशोहरु आउनु स्वभाविक भएपनि यसको संबोधनमा तत्परता बढाउन जरुरी बताउनु भयो ।
उहाँले मधेश प्रदेश सरकारले स्वास्थ्यका लागि १० अर्ब बजेट विनियोजन गरेको र त्यसमध्ये १ अर्ब क्यान्सर, हृदय तथा किडनी रोगीको उपचारका लागि प्रदान गरिने आर्थिक सहयोगमा खर्च भएको बताउदै चालु आर्थिक वर्षमा ५० करोड निकाशाका लागि अर्थमन्त्रालयसंग माग गरिईएको बताउनु भयो ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागिहरुले विभिन्न विषयमा बोल्नु भएको थियो ।




