मोरङ जिल्ला क्षेत्र नं ६ का उमेदवार बिनोद ढकाललाई पितृशोक परेको छ। उनी बुबाको काजकिरिया गर्न कोरामा बसेका छन्।विराटनगरका साहित्यिक संस्थाहरू,विराट साहित्य सङ्गम,मुक्तक प्रतिस्ठान कोशी प्रदेश,
नरेन्द्र चापागाईं स्मृति प्रतिस्ठान,कोपिला साहित्य समाज कोशी प्रदेश लगायत विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूले निज निवास पुगेर संस्थागत रुपमा समवेदना प्रकट गरेको छ।साथमा
विराटनगरका दुइदर्जन कवि लेखकहरू,सामाजिक अभियन्ता,पत्रकार तथा आफन्तहरूको उपस्थित थियो। ढकाल एमालेको राजनीतिमा मात्र होइन,समाज सेवा तथा विभिन्न सामाजिक अभियानमा सक्रिय रहने सबैमा परिचित स्थानिय नेता हुन्।उनी यसरी कोरामा बसेका हुनाले चुनावी प्रचारप्रसारमा निस्किन नमिल्ने भए पनि उनका घरैमा गएर भेट्ने र सरसल्लाह गर्ने मतदाताहरूको घुइँचो देखिन्थ्यो।




