सुजाता राई
विराटनगर । नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाको नियमित मासिक रचनावाचन कार्यक्रम शनिबार दाहाल प्रतिष्ठानको भवनमा सम्पन्न भएको छ।
कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रतापनिधि शर्मा स्मृति कोषका संस्थापक अध्यक्ष अग्रज साहित्यकार लक्ष्मण नेवाटियाको प्रमुख आतिथ्यता रहेको थियो। विशिष्ट अतिथिका रूपमा मुक्त प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल उपस्थित थिए भने विशेष अतिथि विराट साहित्य सङ्गमका सम्पादक रामबाबु दाहाल रहेका थिए।

त्यसैगरी अतिथिहरूमा विराटनगर प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख शिवनारायण सिङ्गल, कोशी साहित्यकला परिषद्का अध्यक्ष केशु बिराही, विराट मैथिल नाट्य कला परिषद्का अध्यक्ष डोमि कामत, समीक्षक भवानीप्रसाद पोखरेल तथा विराट साहित्य सङ्गमका सचिव गोपाल निर्भिकको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न भाषाभाषीका कविहरूले आ–आफ्ना रचना वाचन गरेका थिए। वाचन गर्नेहरूमा उमेश लुइटेल, प्रयाग न्यौपाने, नेत्र खतिवडा, एल.पी. पराजुली, केशव रिजाल, नवराज नवशिला, नानुमाया दाहाल, शुभकुमारी राई, गीतादेवी पोखरेल, भवानीप्रसाद पोखरेल, सुरेश कुमार अग्रवाल, सिर्जना प्रसाई, गोपाल निर्भिक, डोमि कामत, प्रेमप्रसाद रिजाल, चन्द्रकान्ता भट्टराई, सुशिला प्रसाई, महेश कटुवाल, उद्धव केसी,ऋषि तिवारी, भूपाल अधिकारी, निर्मला नेपाल तथा बालप्रतिभा चन्द्र सागर राई रहेका थिए।
कविहरूका रचनाहरू मिठासपूर्ण, मार्मिक र सशक्त प्रस्तुति शैलीका कारण कार्यक्रम थप ऊर्जावान र प्रभावकारी बनेको थियो।
असल श्रोताका रूपमा यमुना भट्टराई, शारदा भट्टराई, किस्मत खतिवडा र चुडामणि घिमिरे (गोपाल) उपस्थित थिए।
संस्थाका उपाध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा स्वागत मन्तव्य सह-सचिव रेणुका राइले गरेकी थिइन भने कार्यक्रम सञ्चालनको सम्पुर्ण जिम्मेवारी सचिव सुजाता राईले सम्हाकेकी थिइन् ।




