काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रतिनिधिसभाको निर्वाचनमा देशव्यापी रुपमा मतदाताले प्रकट गरेको उत्साह एवम् सक्रिय सहभागीताले लोकतन्त्रप्रतिको निष्ठा अभिव्यक्त भएको बताउनुभएको छ ।
सभापति थापाले निर्वाचनमा सहभागी भइ अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदातामा व्यक्तिगत एवम् पार्टीको तर्फबाट सम्मान व्यक्त गर्नुभयो ।
केही निर्वाचन क्षेत्रमा भएका केही घटनाबाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सफला भएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिनुहुँदै उहाँले कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।





