काठमाडाै । २१ फागुनको निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएकाे छ । काठमाडौं– १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) विजयी भएकी छन् । १५ हजार ४५५ मत मतसहित विजयी भएकी हुन् । काठमाडौं– ८ बाट रास्वपाकै विराजभक्त श्रेष्ठले पनि जित हात पारेका छन् ।
रञ्जु पहिलोपटक प्रतिनिधिसभामा विजयी भएका हुन् । यसअघि जितेका विराजभक्त सोही क्षेत्रबाट यसपटक पनि जित्ने पक्का भएका हो ।
विराजभक्त २०७९ मा १० हजार ११२ मत ल्याएर विजयी भएका थिए । काठमाडौं १ मा २०७९ मा कांग्रेसका प्रकाशमान सिंह १२५ मतान्तरले विजयी भएका थिए । उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका थिए ।




