प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन्।
उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन आयोगका अनुसार तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन्। यस्तै नेकपा (एमाले) का उम्मेदवार टिकाराम लिम्बु ६ हजार ४६३ मतसहित तेस्रो स्थानमा रहे । नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गरेका छन्।
सुनसरी–१ मा यसपटक श्रम संस्कृति पार्टीका राईले स्पष्ट मतान्तरसहित जित निकाल्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन्।




