बर्दिवास । गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।
मतगणना अन्तिम चरणमा पुग्दा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर देखिएको छ । रास्वपाको १२४ सिट आउँदा नेपाली कांग्रेसले १७, नेकपा एमालेले ८ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ सिट जितेका छन् ।
भदौको नवयुवा आन्दोलनपछि गठन भएको श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेका छन् भने १ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
मतगणना भइरहेका क्षेत्रमध्ये गोरखा १ मा रास्वपाका सुदन गुरुङ, इलाम १ मा कांग्रेसका निश्कल राई र सङ्खुवासभा १ मा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् ।
धनुषा १ मा रास्वपाको उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई आयोगले औपचारिक विवरणमा समावेश गरेको छैन ।




