प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फको मत गणना पनि सम्पन्न भइसकेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ देशभर नै राष्ट्रिय स्वतन्त्र पार्टीको दबदबमा देखिएको छ ।
प्रत्यक्ष मात्रै होइन समानुपातिकतर्फ पनि मधेस प्रदेशमा मधेसवादी भनिएका दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको संयुक्त निर्वाचन लडेका राष्ट्रिय मुक्ति पार्टी, सतिश सिंह नेतृत्वको स्वाभिमान पार्टी नै ओझेलमा परेका छन् । थ्रेस होल्ड कटाउन नसक्दा मधेशमा गढ बनाएका यी मधेशवादी दल राष्ट्रिय राजनीतिबाट आउट भएका छन् ।
समानुपातिक मत परिणाम अनुसार मधेसमा जसपा नेपाल एक लाख ८२ हजार २८५ मतसहित सातौ स्थानमा छने भने जनमत पार्टी ७९ हजार ४३५ मतसहित नवौं नम्बरमा पुगेको छ । राजेन्द्र महतोको संयुक्त जांता छापले ६२ हजार ७९ र सिंह नेतृत्वको स्वाभिमान पार्टीले ८ हजार १५४ मत मात्र प्राप्त गरेको छ । जांता १० औं नम्बरमा छन भने स्वाभिमान २३ नम्बरमा परेको छ ।
समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम मत सीमा कटाएका छैनन् । अघिल्लो निर्वाचनमा ४ लाख २१ हजार ३१४ समानुपातिक मत प्राप्त गरी ५ सिट जितेको जनता समाजवादी पार्टी, ३ लाख ९४ हजार ६५५ मत प्राप्त गरी ५ सिट प्राप्त गरेको जनमत पार्टीले यस पटक थ्रेस होल्ड पार गर्न सकेनन् । महन्थ ठाकुरको लोसपा जसपा नेपालमै समाहित भइसकेका छन् ।
लोसपाले प्रत्यक्षतर्फ चार सिट जितेपनि थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फ सीट पाउन सकेको थिए । पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ सदर मत गणना भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २३५ सहित अग्रता हासिल गरेको छ ।
नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १४ लाख चार हजार ८५४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आठ लाख पाँच हजार ७७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २ ९ हजार ४७२ मत हासिल गरेका छन् । यी बाहेकअन्य दलले थ्रेस होल्ड कटाउन नसकेका उनले बताए ।
यस अनुसार प्रत्यक्षतर्फ १२५ रास्वपाले समानुपातिकबाट ५७ सिट थप्ने निश्चित भएको छ । यसैगरी प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट, प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले १६, प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले थप ८ सिट, चार महिना अघि खुले पनि प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकबाट थप ४ सिट पाउने निश्चित भएको छ ।
प्रत्यक्षमा एक सिट जितेको राप्रपाले पनि समानुपातिकबाट करिब ४ सिट पाउनेछ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरी ३४ सिट जितेको थियो । यो पटक एमालेले ४९ प्रतिशत (१३ लाख ९३ हजार ६८५) मत गुमाएएको छ भने ५२ प्रतिशत सिट गुमाएको छ ।
एमालेले यस पटक समानुपातिकमा १६ सिट पाउने देखिएको छ । गत निर्वाचनमा २७ लाख १५ हजार २२५ मत प्राप्त गरी ३२ सिट जितेको कांग्रेसले ३५.५६ प्रतिशत (९ लाख ६० हजार ८३०) मत गुमाएको छ भने ३७.५ प्रतिशत सिट संख्या पनि गुमाएको छ ।
यो पटक कांग्रेसले समानुपातिक तर्फ २० सिट पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले गत निर्वाचनमा ११ लाख ७५ हजार ६८४ (३ लाख ६६ हजार ६१३) मत प्राप्त गरी १४ सिट जितेकोमा ३३.४६ प्रतिशत मत गुमाएको छ भने ३५.७ प्रतिशत सिट गुमाउँदै ९ सिटमा कायम भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत निर्वाचनमा ५ लाख ८८ हजार ८४९ (२ लाख ५८ हजार ७६७) मत प्राप्त गरी ७ सिट जितेकोमा यस पटक ४४ प्रतिशत मत गुमाएको छ भने ४२.८ प्रतिशत सिट गुमाउँदै ४ सिटमा कायम भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनमा ११ लाख ३० हजार ३४४ मत प्राप्त गर्दै १३ वटा समानुपातिक जितेकोमा यस पटक ३५४ प्रतिशत अर्थात् ४० लाख १७ हजार ८७३ मत थपेर सिट संख्या ५७ पु¥याएको छ । यस पटक उसले ४४ सिट थपेको छ । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फभन्दा प्रत्यक्षतर्फ अझै उत्कृष्ट नतिजा ल्याएको छ ।
अघिल्लो निर्वाचनमा सो पार्टीले प्रत्यक्षमा जम्मा ७ सिट जितेको थियो । यो पटक १६८६ प्रतिशत अर्थात् ११८ सिट थपेर प्रत्यक्षतर्फ नै १२५ वटा सिट जितेको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको नेपाली कांग्रेसले यस पटक ६८ प्रतिशत अर्थात् ३९ सिट गुमाएर १८ सिटमा सीमित भएको छ ।
समानुपातिक तर्फको समेत मतगणना सम्पन्न हुँदा २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले २ तिहाइ भन्दा २ सिट कम जित निकालेको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिक तर्फ ५७ सिट जितेर १८२ सिट जितेको रास्वपालाई दुई तिहाई अर्थात् १८४ सिट पुग्न २ सिट अपुग भएको छ । यो निर्वाचनबाट दोस्रो ठुलो भएको नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिकबाट जम्मा ३८ सिट जितेको छ ।
अघिल्लो निर्वाचनमा कांग्रेसले जम्मा ८९ सिट जितेको थियो । यस्तै नेकपा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २५ सिट जितेको छ । अघिल्लो निर्वाचनमा एमालेले ७९ सिट जितेको थियो ।


