सुजाता राई
विराटनगरमा आयोजित ३९औं गणगौर पूजा महोत्सव–२०८२ अन्तर्गत बुधबार अतिथि साधन हलमा एक बाल योगीसहित पाँच जना महिलालाई सम्मान गरिएको छ।




नेपाल मारवाडी गणगौर पूजा समिति विराटनगरले समाजमा विशिष्ट योगदान पुर्याउँदै अलग पहिचान बनाउन सफल महिलाहरूलाई सम्मान गरेको हो। सम्मानित हुनेमा डा. नेहा तापडिया, रिसिका कोठारी, प्रियंका अग्रवाल, रानी सारडा राठी र पतंजली योग मोरङकि बालयोगी प्राप्ति घिमिरे सम्मानित भएका छन्। बालयोगीका साथमा बुवा-चुडामणि घिमिरे (गोपाल ) पयोस बि न संगठन सचिब र आमा-राधिका पोखरेल घिमिरे शिक्षक बि न ०४ सखुवारे योगी परिवार पनि उनका साथमा सहभागी भए।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष ललिता जाजु, निवर्तमान अध्यक्ष तथा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र समाजसेवी बेनीगोपाल मुन्दडाले सम्मानपत्र प्रदान गरेका थिए।





