जनकपुरधाम – धनुषाको जनकपुरधामस्थित विश्वकर्मा चोकमा आज एक युवक मृत अवस्थामा फेला परेका छन्।
स्थानीयवासीका अनुसार ती युवक हिजोदेखि असामान्य अवस्थामा सोही क्षेत्रमा भौतारिरहेका थिए। उनी अत्यधिक नशाको प्रभावमा रहेको बताइएको छ।



घटनापछि प्रहरीले स्थललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ। शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।





