काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठकको रिपोर्टिङ गर्न गएका पत्रकारहरुमाथि एमालेका कार्यकर्ताहरुले हातपात गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा रिपोर्टिङका क्रममा एमाले कार्यकर्ताहरुले पत्रकारमाथि दुर्व्यवहारसहित हातपात गरेका हुन् ।



कान्तिपुरका पत्रकार दया दुदराज, अनलाइनखबरका कौसल काफ्ले र प्रसुन संग्रौलालाई फोटो खिच्न खोजेको भन्दै गाली गलौज गर्दै दुर्व्यवहार गरेका हुन् ।
‘देश जल्दा तिमिहरूको क्यामेरा कहाँ थियो ?’ भन्दै पार्टीका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेका हुन् ।
यसअघि पनि उनीहरूले केही पत्रकारलाई लखेटेका थिए ।
शनिबार बिहान अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमालेले च्यासलमा आकस्मिक सचिवालय बैठक बोलाएको थियो । सोही बैठक कभरेज गर्न पुगेका पत्रकारमाथि पार्टी कार्यकर्ताले गालीगलौज गर्दै हातपात गरी लखेटेका थिए ।




