- बेचन कुमार महतो
बालेन्द्र शाह (बालेन) र केही हिन्दी मुभीहरु बिच केहि समानताहरु देख्न सकिन्छ । यी दुई बिच मुख्य रुपमा सत्ता, पुरातन व्यवस्थाको विरुद्ध संघर्ष र व्यक्तिगत प्रभावको समानतालाई अनुभुति गर्न सकिन्छ । बालेन्द्र शाह वर्तमानमा नेपाल सरकारको प्रधानमन्त्री हुनु हुन्छ । देशको सवै भन्दा युवा प्रधानमन्त्रीको रुपमा वालेनले २०८२ चैत्र १३ गते नेपालको ४७ औं प्रधानमन्त्रीको रुपमा सपथ लिएका हुन । शुरुवाती दिनमा युवाहरुको माझमा एक र्यापरको रुपमा परिचित बालेन्द्र शाह पेशाले एक स्ट्रक्चरल ईन्जिनियर हुन । २०७९–२०८२ का बिच काठमाण्डौ महानगरपालिकाको मेयर रहँदा उनको छवि हिन्दी मुभीको हिरो जस्तै मजबुत, शाहसी र निडर नेताको रुपमा चित्रण गर्ने गरिएको छ । मेयर पदमा रही रहँदा उनले महानगर क्षेत्रको अवैध अतिक्रमण उठाउने, ऐतिहासिक कला, संस्कृति एवं रीतिरिवाजको संरक्षक, भ्रष्टाचार विरुद्धको एक शाहसिक योद्धाको रुपमा बुझ्ने गरिन्छ । उनको उक्त जिम्मेवारी मोहले उनलाई एक सिस्टम सुधारक नेताको रुपमा स्थापित गरेको हुँदा २०८२ फाल्गुन २१ को आम निर्वाचनमा आफु उम्मेदवार समेत रहेको पार्टीलाई समेत प्रचण्ड बहुमत दिलाएर आफुले नै बर्तमान नेपाल सरकारको नेतृत्व सम्हालेका छन् । बालेनको फिल्म सँगको सम्वन्ध र बुझाईले उनलाई एक कट्टर राष्ट्रवादी नेता भनेर समेत बुभ्mने गरिन्छ । केही वर्ष अगाडी हिन्दी मुभी आदिपुरुषमा रहेको संवाद (डायलग) उपर आपती जनाई मेयर रहँदा काठमाण्डौको सिनेमा हलहरुमा उक्त मुभि चलाउन प्रतिवन्ध लगाएका थिए ।
१. हिन्दी मुभि “सरकार” र बालेन्द्र शाह बिच समानता



हिन्दी मुभी सरकारमा सुभाष नागरे (अभिनय अमिताभ बच्चन) जसलाई सरकार भनिएको छ, उनी एक यसता क्यारेक्टर हुन जसले आफुलाई सत्ताको प्रतिकको रुपमा स्थापित गर्दै आफ्नै शर्तमा टेकी न्याय सम्पादन गर्ने गर्दछन् । बालेन शाहमा पनि केही यस्तै झल्को देख्न सकिन्छ ।
(क) Parallel Power to System:
फिल्म सरकारमा सरकारले कानून भन्दा माथी उठी आम जनताको लागि न्याय गर्ने गर्दछन् । बालेन शाहले पनि पारम्पारिक राजनीतिको टाइकुनहरुलाई चुनौती दिँदै आफ्नो छुटै पहिचान बनाएका छन् । युवाको लागि एक आदर्श, एक मर्यादा तथा एक मसिहाको रुपमा स्थापित छन् । नेपाली युवाहरुले उनलाई आफ्नो आइडल मान्ने गर्दछन् ।
(ख) Iconic Personality:
फिल्ममा सरकारको आफ्नो छुटै व्यक्तित्व हुन्छन । निधारमा रातो टिका र घाटीमा रुद्राक्षको मालाले सुभाष नागरे सरकार फिल्ममा निकै ड्यासिगँ पर्सोनालिटीमा देखिन्छन् । त्यसै गरी वालेनको कालो चस्मा नेपाली युवाहरु माझ बालेन चस्मा भनि ब्राण्ड गरिएको छ । कालो चस्मा, कालो कोट र सदावहार दाढी सहितको बालेन लुक नेपाली युवाहरु बीच निकै लोकपृय छ ।
(ग)Family Inheritance Vs Manpower:
फिल्ममा सत्ता परिवार कै वरिपरी घुमेको देखाईएको छ, जवकी बालेन्द्र शाहको उदय नै पुराना राजनैतीक दलहरुको बिरासतमा रहेको सरकारलाई ढालेको न्भल श् को आन्दोलनवाट भएको हो, युवा शक्तिको कारण भएको हो । चुनाव जितेर अनन्त बालेनले आफ्नो नेतृत्वमा सरकार बनाएका छन् । रुपान्तरणका १०० एजेण्डा साथ नेपाल सरकारले हाल आफ्नो गन्तव्य कोरेको छ ।
समग्रमा “सरकार” मुभी एक राजनैतिक थ्रिलर मुभी हो जुन काल्पनीक छ जवकी बालेन प्रधानमन्त्री हुनु भनेको वास्तविक राजनैतिक क्रान्ती हो ।
२. हिन्दी फिल्म “नायक”को अनिल कपुर र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह
भ्रष्टाचार बिरुद्धको शुन्य सहनशिलता दुवै क्यारेक्टरमा निम्नानुसारको समानता देखिन्छ ।
(क)The “Common Man” Outsider:
नायक फिल्ममा अनिल कपुर (शिवाजी राव) एक स्वतन्त्र टिभी जरनालिष्टको रुपमा हुन्छन् । राजनीतिको र सम्म नजान्ने उनलाई एक दिनको मुख्यमन्त्री भई राज्य संयन्त्र संचालन गरेर देखाउन चुनौती दिईन्छ । कुनै राजनैतिक बिरासत नभएको पेशाले ईन्जिनियर एक प्रसिद्ध र्याप गायक बालेन्द्र शाह जो एक इगतकष्मभच को रुपमा राजनीतिमा प्रवेश गरी काठमाण्डौ महानगरपालिकाको मेयरवाट आफ्नो राजनैतिक क्यारियर शुरु गरी हाल नेपालको प्रधानमन्त्री छन् ।
(ख) Agressive Anti-Corruption Stance:
फिल्म नायकमा अनिल कपुरले एकै दिनमा भ्रष्ट अधिकारीहरुको कर्तुतको दस्तावेज खोली रातारात त्यस्ता भ्रष्टाचारीहरुलाई तह लगाएको देखाईएको छ । बालेन्द्र शाह जो अहिले नेपालको प्रधानमन्त्री छन्, उनले पदभार सम्हालेकै दिन बालेन क्याविनेटले २०४८ पछाडीका बरिष्ठ सरकारी अधिकारी एवं सार्वजनिक पद धारकहरुको सम्पति छानविनको लागि उच्च स्तरीय छानविन आयोग मार्फत छानविन कार्यलाई निकै प्राथमिकताका साथ अगाडी बढाएका छन् ।
(ग)Action Oriented Leadership:
फिल्ममा शिवाजी राव स्वयंले नीरिक्षण गरी ठाउँका ठाउँ तत्कालै भ्रष्टाचारी र कालोबजारीहरुलाई कारवाही गरेको देखिन्छ । बालेन्द्र शाह काठमाण्डौको मेयर हुँदा आफै अन द स्पट खटि अवैध रुपमा ठड्याईएका भवनहरु, अतिक्रमित जग्गाहरु दृढ्ताका साथ खाली गराएका थिए, काठमाण्डौको फुटपाथको व्यवस्थापन गरेका थिए । लोप गराईएको टुकुचा खोलालाई पुनः उत्खन्न गरी नेवाः सभ्यताको प्रवद्र्धन गरेका छन् । अनुभूतियोग्य बिकास उपरको मेयर बालेनको यसतो दृढ निश्चित व्यवहारले उनलाई आम नेपालीले वास्तविक नायकको रुपमा चिन्ने गरेका छन् ।
(घ) Youth and Symbolism:
फिल्ममा अनिल कपुरलाई युवाहरुले एक राजनीति सफाईकर्मीको रुपमा चिनाईएको छ भने बालेन्द्र शाह जो वर्तमानमा जम्मा ३५ बर्षका छन्, उनले आफ्नो र्याप गीत/म्यूजिक भिडियो मार्फत राजनीतिको फोहरी चक्रभ्यूलाई उजागर गर्दै आएका छन् । आम नेपालीलाई साँस्कृतिक, भौगोलिक, समाजिक, आर्थिक तथा नेपाली भावनाको शुत्रमा वाध्ने एक पायोनियर नेसन बिल्डरको रुपमा आफ्नो पहिचान वनाएका छन् । यहाँ बुझ्नु पर्ने कुरो के हो भने स्टेट र नेसन दुई फरक कुरा हुन । स्टेटले भौतिकवादी चिन्तनको सिद्यान्तलाई बोकेको हुन्छ भने नेसनले भावनात्मक एकिकरणको अभियानलाई दिएको हुन्छ । बालेन प्रधानमन्त्री हुनु आम नेपाली भावनाको प्रतिबिम्व हो त्यसै उनी नेसन विल्डिगँको पथमा छन् ।
मैले यी सवै कुरा गरी रहँदा बालेन्द्र शाहको बारेमा केही क्रिटिक्सहरु भने सुन्न सकिन्छ । बालेन सरकार हिन्दी मुभी नायकको अनिल कपुर बन्न खोजेको हो भनेर । रियल लाईफको गभरनेन्सलाई अनुभूति योग्य बनाउन रिल लाईफ भन्दा पृथक र दिर्घकालिन नीति र इमानदारीताका साथ सो को कार्यान्वयन हुनु आवश्यक छ ।




