महोत्तरी — प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद गौरीकुमारी यादवलाई उद्योग मन्त्री तथा रामजी यादवलाई श्रम मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ। दुवै जनाको नियुक्ति र शपथ आजै हुने सम्भावना रहेको जनाइएको छ।
गौरीकुमारी यादव महोत्तरी–४ तथा रामजी यादव सप्तरी–२ बाट फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित भएका हुन्।
यसअघि उद्योग मन्त्रालय प्रधानमन्त्री शाहले आफैंसँग राख्दै आएका थिए।



उता श्रम मन्त्री रहेका दीपककुमार साहलाई रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा बिहीबार पदमुक्त गरिएको थियो।




