काठमाडौं – नेपाल–भारत सीमामा रु १०० भन्दा माथिको सामानमा लगाइएको भन्सार कर नीति खारेज गर्न माग गर्दै शनिबार राजधानीमा विरोध प्रदर्शन गरिएको छ।
युथ फर ट्रुथको आयोजनामा माइतीघर मण्डला मा भएको प्रदर्शनमा सहभागीहरूले सीमामा लागू गरिएको उक्त प्रावधानले सर्वसाधारणलाई मारमा पारेको भन्दै तत्काल खारेजीको माग गरेका हुन्।




प्रदर्शनकारीहरूले सीमा नाकामा हुने साना किनमेलमा समेत कर लगाइएकाले दैनिक उपभोगका सामग्री ल्याउन कठिन भएको बताएका छन्। उनीहरूले यस नीतिले सीमावर्ती क्षेत्रका बासिन्दाको जीवनयापनमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।














