सुजाता राई
विराटनगर । खोटाङ सामाजिक सेवा मञ्च विराटनगरको आयोजनामा शनिबार मञ्चकै भवनमा ‘दियालो खोटाङ’ स्मारिका र कवि चन्द्रकन्ता भट्टराईको कविता संग्रह ‘बसन्ताको पालुवा’ को लोकार्पण तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम माधवप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथिमा विवश पोखरेल, प्रा.मेदानी प्रसाद शर्मा, घनश्याम पोखरेल, डा.देवी पन्थी,प्राज्ञ खेम नेपाली कविराज न्यौपाने लगायतको उपस्थिति रहेका थिए।




उक्त कार्यक्रममा उमनाथ घिमिरे,हरि प्रसाद बरल, रामबाबु दाहाल, महेश रेग्मी, निर्मला नेपाल, एलपी पाराजुली, मञ्जु घिमिरे दाहाल, गोविन्दा ढुङ्गाना, शिवनारायण ऋषि, तिवारी भुपाल अधिकारी, पुण्य चौलागाईं, भमेन्द्रबहादुर कार्की, किरन अन्जान दिङ्लाली, प्रेमप्रसाद रिजाल, शैलेन्द्र घिमिरे, शंकर सुवेदी, स्वयम्भुनाथ कार्की, नवराज घिमिरे, केशु विरही, लक्ष्मी न्यौपाने, भीम,कोइराला, अर्जुन नेपाल, फडिन्द्र पराजुली, नवराज नवसिला, हरि कट्टेल, तुलसीप्रसाद घिमिरे, चिरञ्जीवी काफ्ले, उमानाथ भट्टराई, भनीप्रसाद पोखरेल, नरेन्द्र राई, नानुमाया दाहाल, लक्ष्मी रायमाझी, बिमला पौडेल, विश्वनाथ, विश्वकान्ता दाहाल, सीताराम दाहाल, टंकनाथ दाहाल, सुजाता राई, सुनिता निरौला पौडेल, केदार ढकाल, अछुत खतिवडा, स्वर्णकान्त, भक्ति दाहाल, तारानाथ भट्टराई, हरिप्रसाद घिमिरे, दीपकप्रसाद घिमिरे, हरिहर भण्डारी, जमुना पौडेल, सुशीला प्रसाई, राधेश्याम घिमिरे, उमेश लुइँटेल, नेत्रा खतिवडा, सुशीला घिमिरे, चुडामणि घिमिरे, गोविन्दाप्रसाद घिमिरे, योगराज घिमिरे, डोमि कामत, संगीता पोखरेललगायतका साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागी कविहरूले आ–आफ्ना सिर्जनात्मक तथा समसामयिक रचनाहरू वाचन गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए।
कृष्णप्रसाद भण्डारी ‘मर्सेली’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी पोखरेलले गरेकी थिइन्।




