हरिवन क्षेत्रमा बुधबार मध्यराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११ मा गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा. प्र. ०१–००६ ख ९६७० नम्बरको रात्रिबसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



दुर्घटनामा मृत्यु भएका पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन । अन्दाजी ४० वर्षीय ती पुरुष मागी खाइ हिँड्ने व्यक्ति रहेको स्थानीयले बताएका छन् ।
राति करिब ११ः३० बजे भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस र चालकलाई इलाका प्रहरी कार्यालय कर्मैया ले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।




