एट्लान्टा । अर्जेन्टिनाका कप्तान मेसीले आफ्नो चम्किलो फुटबल जीवनमा सम्भवतः सबै जसो अनुभव गरिसक्नुभएको छ । यद्यपि ३९ वर्षीय मेसीले अहिलेसम्म इङ्ग्ल्यान्डविरुद्ध खेल्नुभएको छैन । यस विश्वकपमा मेसीले अर्जेन्टिनाको परम्परागत प्रतिद्वन्द्वी इङ्ग्ल्यान्डविरुद्ध पनि खेल्ने अवसर पाउनुहुने भएको छ ।
सन् २००५ मा १८ वर्षको छँदा अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गरेको मेसीले अर्जेन्टिनाका लागि दुई सयभन्दा बढी खेल खेलिसक्नुभएको छ । उहाँ अहिले एक पटक फेरि अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउने अभियानमा हुनुहुन्छ । “मैले इङ्ग्ल्यान्डबाहेक सायद सबै ठुला टिमसँग खेलिसकेँ । इङ्ग्ल्यान्ड पावरहाउस हो । अझ महान् टिमविरुद्ध सेमिफाइनल खेल्नुको अर्थ ठुलो हुन्छ । त्यसैले मेरा लागि इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनल विशेष हुने छ,” मेसीको भनाइ छ ।



मेसी अहिले विश्व फुटबलका महान् फुटबलर डिएगो म्याराडोनाको बराबरी गर्ने दाउमा पनि हुनुहुन्छ । म्याराडोनाले आफ्नो नेतृत्वमा दुई पटक अर्जेन्टिनालाई विश्वविजेता बनाउनुभएको थियो । मेसीको नेतृत्वमा अर्जेन्टिनाले चार वर्षअघि कतारमा विश्वकपको उपाधि जितिसकेको छ । यसपालि उपाधि रक्षा गरेमा मेसीले म्याराडोनाको बराबरी गर्नुहुने छ ।
मेसी विश्वकप फुटबलका सर्वकालीन सर्वाधिक गोलकर्ता पनि हुनुहुन्छ । उहाँले विश्वकपमा ३२ खेलमा सबभन्दा बढी २१ गोल गर्नुभएको छ । फ्रान्सका एम्बापे एक गोलले मेसीभन्दा पछाडि हुनुहुन्छ । एजेन्सी




