महोत्तरी – महोत्तरीमा आफ्नै घरबाट बेपत्ता भएकी नौ वर्षीया बालिका घरकै ढोकाको कुनाबाट सकुशल फेला परेकी छन् ।
बिहीबार बिहान पौने ९ बजेदेखि बालिका घरबाटै बेपत्ता भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
खोजीका क्रममा बालिकालाई आफ्नै घरको ढोकाको कुनामा फेला पारी सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी उपरीक्षक गुरुप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।



बालिका घरबाट बाहिर नगएको र घरकै कुनामा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको उहाँले बताउनुभयो । प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।




