काठमाडौँ – जन्मकैद सजायमा राष्ट्रपतिले रेशम चौधरीलाई दिएको सजाय माफी मिनाहा सर्वोच्च अदाललते सदर गरेको छ।
टिकापुर घटनामा जिल्ला हुँदै सर्वोच्च अदाललते समेत जन्मकैदको सयाज सुनाएका चौधरीलाई सरकारको सिफारिसमा २०८० सालको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएका थिए।



माफी विरुद्ध टिकापुर घटामा मारिएका तत्कालीन प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कठायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
रिटमाथि अन्तिम सुनुवाइ गर्दै मंगलबार न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राष्ट्रपतिबाट दिइएको माफी सदर हुने गरी रिट निवेदन खारेज गरेको हो।
२०७२ सालमा संविधान जारी हुने क्रममा कैलालीको टिकापुरमा भएको जघन्य हत्या काण्डमा चौधरीको संलग्नता ठहर गर्दै उनलाई सर्वोच्चले सुनाएको जन्मकैदको सजाय काटिरहेका बेला उनलाई माफी दिइएको थियो।
घटनामा नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपानेसहित सात जना र एक नाबालकको हत्या भएको थियो।




