ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा दीप प्रज्वलन गरी ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । ढल्केवरका दारी ग्याङ्ग र लाङ्घाली युवा क्लबले संयुक्त रुपमा दीप प्रज्वलन गरी पृथ्वी जयन्ती मनाएका हुन् ।
कार्यक्रमका सहयाभागिहरुले ढल्केवरस्थित चौकमा रहेको पार्कमा पृथ्वीनारायण शाहसहित नेपालको नक्सा कोरेर दीप प्रज्वलन गरेका थिए ।दीप प्रज्वलन कार्यक्रममा दारी ग्याङ्ग प्रदेश २ का संयोजक देवराज घिमिरे, लाङ्घाली युवा क्लबका सदस्य तथा स्थानीय युवाहरुको उपस्थिति थियो ।



पृथ्वीनारायण शाहसहित नेपालको नक्सा शिक्षकसमेत रहका ढल्केवर युवा मोहन बास्तोलाले बनाएका थिए ।






