महोत्तरी- लाेकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य शरत सिंह भण्डारीको विशेष पहलबाट शहरी विकास मन्त्रालयको योजनाबाट ४५ लाखको लागतमा जिल्लाको लोहारपट्टी न.पा. ४ खुट्टाको मुसहरी टोल देखि बजार जाने सड़क RCC निर्माण हुन लागेको छ ।
उक्त निर्माण कार्यको लागि शनिवार प्रदेश सभा सदस्य जानकी शरण साह र लोहारपट्टी न.पा. लोकतान्त्रिक समाजवादीद्वारा आज सडककाे शिलान्यास गरिएको छ।
शिलान्यास कार्यक्रम स्थानीय नेताकार्यकर्ता लगायत स्थानीयहरुको उपस्थित रहेको थियो ।
५ सय मिटर ढलान हुने उक्त सडककाे माेटाई ६ ईन्च रहने जनाइएको छ । सडक निर्माण हुनेभएपछि स्थानियहरु हर्षित भएका छन् ।




