महोत्तरी- गत हप्ता सम्सी -बर्दिबास सडक खण्डमा प्रहरिले नियमित चेकजाँच गर्दा प्रतिबन्धित लागू-औषध (१नाइट्रोभेट-१० ३० ट्याब्लेट) सहित बर्दिबास-१२ का एक जना पक्राउ परे ।

त्यस्को केहीदिन नबित्दै प्रतिबन्धित लागुऔषध (गाजा) बेचबिखन आरोपमा प्रहरीले गौशालाबाट चार जना पक्राउ गर्यो ।
पक्राउ पर्नेमा एकैघरका नातीदेखी छोरासम्म छन । घरमा गाजा बनाइ ठूलो मात्रामा बेच्दा-बेच्दै उनिहरु पक्राउ परेका हुन ।
उनिहरु त प्रतिनिधि उदाहरण मात्र हुन पछिल्लो ६ महिना यता मात्र लागुऔषध ओसारपसारको आरोपमा ६६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धेरैजसो १८ देखि २५ बर्ष उमेर समुहका छन । १८ देखि २५ बर्षका यो श्रावण देखि माघसम्मको अवधीमा ३५ जना पक्राउ परे ।

पक्राउ पर्नेमा धेरैजसो युवा उमेर समूहका छन २५ बर्षदेखी ३५ बर्षका यो ६ महिनाको अवधीमा २० जना पुगेका छन कतिपयलाइ धरौटीमा छाडिएको छ भने कतिपयलाइ पुर्पक्षका लागी थुनामा राखेर कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
लागुऔषध ओसारपसारमा बालबालिकालाई समेत प्रयोग गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक छ । पछिल्लो ६ महिनामा ३ जना बालबालिका प्रहरिले सम्सी सडक खण्डमा समात्यो । तिनै जनालाइ पारम्भिक अनुसन्धान सकेर प्रहरिले अभिभावकको जिम्मा लगाएको छ ।
लागुऔषध ओसारपसारमा सग्लनलाइ कारवाहीको प्रक्रिया अगाडि बढाएतापनी अभिभावकहरुवाट छुटाउन चर्को दवाव आउने गरेको प्रहरिको भनाइ छ । ६६ वटा लागुऔषधका घटनामध्य अहिले जिल्लामा ५१ वटा मुद्दा दर्ता भएका छन ।
प्रहरिको अनुसार लागुऔषध समबन्धी घटना मध्य १३ जनालाइ पुर्पक्षका लागी थुना पठाइएको छ, १९ जनालाइ धरौटीमा छाडिएको छ भने ९ जना अझै फरार छन । बकी २६ जनालाइ लागुऔषध समबन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैइरहेको प्रहरिले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार प्रतिबन्धित लागुऔषधसहित पक्राउ पर्नेमा सवैभन्दा बढीले नाइट्रोभेट -३० बोकेको अवस्थामा फेला परेका छन । यो ६ महिनाको अवधीमा नाइट्रोभेट-१० लेखिएको मात्र ७ हजार ६३ ट्याब्लेट नियन्त्रणमा लिईएको छ । त्यसैगरी रेक्सोफ १०० एमएलको १ बोत्तल, चेलेरोफेरामाइन साइरुप लेखिएको १०० एमएल १६ बोत्तल, एक्सिपियन साइरुप- २३५ बोत्तल, स्पास्मो प्रोक्सिभन -८० पिस, डिआइक्स डिसी ३० बोत्तल, फेनेरगानी इन्जेक्सन १८१ एम्पुल, नोफिन इन्जेक्सन-१८६, उज्डेब इन्जेक्सन ७१ पिस, डिआइजेपान इन्जेक्सन ६३ एम्पुल, १७४ किलो ७ सय ग्राम नियन्त्रणमा लिइएको प्रहरीको तथ्यांक छ ।

प्रहरीले चेकजाँचमा कडाइ गरेतापनी समबन्धित निकायको बेवास्ताले विशेषगरी महोत्तरीको सम्सी नाका लागुऔषध ओसारपसार गर्ने मुख्य अड्डा बनेको छ । जिल्लाका अन्य नाकावाट कहिलेकाही नियन्त्रण लिएतापनी सवैभन्दा धेरै समस्या सम्सी नाकामा नै भएको प्रहरीको भनाइ छ ।
भारतको बिहार प्रदेशसग सिमाना जोडिएको सम्सी नाका लागुऔषध ओसारपसार गर्ने डरलाग्दो द्वार मात्र बनेको छैन प्रयोगकर्ताहरुको लागी समेत सस्मी हुँदै भारत पुगेर लागुऔषधकर्ताहरुको लागी सवैभन्दा ठूलो समस्या बनिरहेको देखिएको छ ।
समय-समयमा प्रहरी तथा अभियन्ताहरुले यसतर्फ ध्यानाकर्षण गराएतापनी सरोकारवाला निकाय मौन बन्नुले झन समस्या बनिरहेको जानकारहरु बताउछन ।
नाकामा स्थानिय सरकारले विशेष योजना नबनाएसम्म लागुऔषधको समस्या झाङगीरहने जनप्रतिनिधि फाल्गुन सुस्लिङ्ग मगर बताउछन ।
लागुऔषधमा सरोकारवाला निकायले ध्यान दिनसक्दा महोत्तरीमा ठूलो समस्या बनिरहेको छ । आत्महत्या, चोरी डकैती, हिंसात्मक घटनाहरुको मुख्य कारक समेत लागुऔषध बनिरहेको बिज्ञहरु बताउछन ।




