बिष्णु यादब,गौशाला। बिधुत बिल तिर्न बाकी रहेको भन्दै खानेपानीको लाईन प्राधिकरणले काटेपछि महोत्तरीको गौशाला नपाको एक वडामा खानेपानीको हाहाकार भएको छ । बिगत लामो समयदेखी वडा नंम्बर – ८ बेलगाछीस्थित रहेको बेलगाछी खानेपानी तथा सरसफाई उपभोक्ता समितीले करीब १७ लाख २४ हजार रुपैया तिर्न बाकी रहेको भन्दै गत चैत्र एक गते बिधुत प्राधिकरण गौशाला शाखाले लाईन काटेको छ । ३ हजार घर धुरी रहेको यस वडामा ७ सय ५० घर धुरीमा खानेपानी जडान भएको सञ्चालक गाउले आलेले जानकारी दिनुभयो ।
जिल्लाको उत्तरी भाग परेकोले प्रत्येक बर्ष गर्मी आममा खानेपानीको समस्या हुदै आएको भएपनी खडेरीको मुखमै खानेपानी अबरुद्धहुदा थप समस्या भएको स्थानिय दिनेश प्रसाद यादबले बताए । उहाका अनुसार बिगत १५ दिनदेखी खानेपानी सेवा अबरुद्ध भएपछि अन्य वडाबाट पानी लाउन बाध्य भएको बताए । २०६३ सालमा स्थापना भएको उक्त समितीले आज सम्म एक पटक पनि साधारण सभा नगरेको र महसुल बापत आएको रकम के कहा खर्च गरेको ? समेत समितीले सार्बजनिक नगरेको उहाको आरोप छ ।
एसैगरी स्थानिय कुमारगोले मगरका अनुसार गत चुनाबको समयमा तालाबन्दि र अहिलेपनि चुनाबकै बेला लाईन काटने यो राजनितिक गतिबिधी भएको दाबी गरे । एता बेलगाछी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष पृथ्वी बालाम्पाकीका अनुसार अहिले जेनरेटर,सोलारबाट तत्काल पानी पु–याउने काम गरीरहेका छौ र हप्ता भित्रै बिधुत सेवा जडान भईसक्ने आश्वासन दिनुभयो । लकडाउनको समयमा उपभोक्ताहरुले महशुल तिर्न नसकेकोले बिधुतको बक्यौता रकम बुझाउन नसकेको अध्यक्ष बालाम्पाकीले बताऐ ।







