जनकपुरधाम – काठमाण्डौं महानगरपालिकाको कार्य व्यवस्थापन महाशाखामा २८ वर्ष काम गरेका महेन्द्र महतोलाई नेपाली कांग्रेसबाट धनुषाको मिथिला नगरपालिकाको प्रमुख (मेयर) मा उम्मेदवारी दिन स्थानीयले दबाब बढाएको छ ।
धनुषाको नक्टाझिझ निवासी महेन्द्र काठमाण्डौं महानगरपालिकामा नगर डिएसपी पदमा लामो समय काम गरे ।
काठमाण्डौं महानगरलाई सुव्यवस्थित बनाउन उनकै पालामा थुप्रै काम भयो ।

काठमाण्डौं महानगरमा काम गरेर लामो अनुभव बटुलेका महेन्द्रलाई अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मिथिला नगरपालिकाको मेयरमा टिकट दिन कांग्रेसभित्र लविङ सुरु भएको छ ।
ट्रेड युनियन कांग्रेसमा देशभर लोकप्रिय मत ल्याएका महेन्द्र मिलनसार र सहयोगी व्यक्तित्व मानिन्छन् ।
उनलाई प्रदेशसभाको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ (ख) बाट टिकट दिन समेत यसअघि प्रस्ताव गरिएको थियो ।
मिथिला नगरपालिकाको विकास, विस्तार र समृद्धिका लागि महेन्द्रलाई चयन गर्नुपर्ने कांग्रेस बृतमा चर्को दबाब छ ।


