ढल्केवर, धनुषा
धनुषाको मिथिलाा नगरपालिका वडा नम्बर ९ मा नेकपा एमाले पार्टी परित्याग गरी सयौं संख्यामा नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार डाँडाटोलमा आयोजित नेपाली काँग्रेसको पार्टी प्रवेश कार्यक्रममा एमालेका एक सय नौ जना नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसका वडा सभापति उपेन्द्र महतोको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सह–महामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम भएको थियो । नेपाली काँग्रेसमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई सह–महामन्त्री यादवले अबिरमाला तथा दोसल्ला ओढार स्वागत गर्दै पार्टीमा भित्रियाएका थिए ।



स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा एमाले पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गर्नुलाई सुखद् परिणामको सङ्केत भएको नेकाँ नेताहरुले बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीय सभापति, कुवँरकान्त झा, नगर सभापति जोगी महतो, समिर घिमिरे, मोहन माथेमा, राजकुमार महतो, गुद्रर यादवलगायत स्थानीय तथा प्रदेशस्तरका नेताहरुको उपस्थिति थियो ।






