जनकपुरधाम : धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिका बाट संचालित एक अनलाइन डिजिटल पत्रिकाको संचालक पत्रकार राजन झालाई दुर्व्यवहार भएको हो ।
पत्रकार झाले एउटा समाचार मधु देखी मधुमाया हुँदाको पिडा भन्ने शीर्षकमा टिप्पणी गरेकोमा मधेश सरकारका मुख्यमन्त्री मो ।लालबाबु राउतका पीएले राजन झालाई फेसबुक मेसेन्जर मार्फत गालि गलौज गरेको हो ।



सो संबंधमा झाले आइतबार नेपाल पत्रकार महासंघ धनुषालाई निबेदन पेश गर्ने छन भने जानकारी दिएका छन् ।
मुख्यमन्त्रीका पिए प्रेम चन्द्र झाले मधेश सरकारको पिए बन्ने लगतै एउटा फेसबुक स्टेट्स लेखेको थियो ’म केही दिनको लागि पत्रकिता बाट विसराम लिदै छु’ ।
मधेशटप डटकमका अध्यक्ष झालाई अपमान जनक शब्द ’बडका पत्रकार बैनगेले पत्रकारिता गाईर दक घुसाईर देबौ’ भनेर मैथिली भाषामा अपमानजनक शब्द प्रयोग गरेर झाको गरिमा माथि खलल पुर्याउने कार्य गरेको हो, मधेश सरकारका पीए झाले यस्तो अपशब्द प्रयोग गरेको २४ घण्टा बितिसक्दा पनि मधेश सरकार मुकदर्शक बनेर बस्नु गम्भीर खेदजनक कुरा रहेको पत्रकार झाले प्रतिक्रिया दिएका छन् ।
यस घटनाका मुख्य दोषी पीए प्रेमचन्द्र झा हो उनलाई निलम्बन गरि विभागिय कारवाही गर्न नेपाल पत्रकार महासंघ धनुषा शाखाका सम्बद्ध पक्ष संग जोडदार मांग पत्रकार झाले गरेका छन् ।
साथै निजलाई कारवाही नहुन्जेलसम्म मधेश सरकार संग सम्बन्धीत कुनै पनि सामाचार प्रकाशन प्रसारण नगर्न सम्पुर्ण संचारकर्मीहरुलाई पत्रकार झाले आग्रह समेत गरेका छन् ।




