महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले जिल्लाका १५ मध्ये १० वटा स्थानीय तहमा उम्मेदवार टुंग्याएको छ । साथै चारवटामा छलफल भइरहेको र बर्दिबास नगरपालिकामा विवाद बढेपछि केन्द्रमा पठाइएको छ ।
आइतबार नाम टुंगो लागेका उम्मेदवारले सोमबार मात्र मनोनयन दर्ता गर्ने भएका छन् ।



भंगाहा नगरपालिकाबाट ओमशंकर यादव, लोहारपट्टीबाट शैलेन्द्र यादव , बलवा नगरपालिकाबाट विनोद यादव, औरही नगरपालिकाबाट सुनिल यादव, महोत्तरी गाउँपालिकावाट दिलीप चौधरी, जलेश्वर नगरपालिकाबाट शम्भुनारायण पाठक, मटिहानी नगरपालिबाट उपेन्द्र चौधरी, पिपरा गाउँपालिकाबाट राधारमन, मनरा सिसवा नगरपालिकाबाट मोहन पाण्डे, गौशला नगरपालिकाबाट वसन्त गुरुङको नाम प्रमुखमा उम्मेदवारी दिने गरी टुंग्याएको कांग्रेसले जनाएको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ ।




