धनुषा- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ मा काँग्रेस प्यानल सहित विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका मो. मोबारक कवाडी नथुनी ६५२ मत ल्याएर विजयी भएका हुन् ।




उनी काँग्रेसबाट प्यानल सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बेचन यादवले ३०० मत मात्र ल्याउन सफल भए ।

अहिले सम्म यस नगरपालिकामा वडा नं ७ को मतगणनामा सम्पन्न हुँदा सम्म नेपाली काँग्रेसको मेयर योगेन्द्र पजियारले ६२७ उपमेयर रचना माथेमाले ६४२ ल्याएर अग्रता बनाइरहेकाे छ भने एमालेका मेयरका उम्मेदवार सुखदेव यादवले ५०३ र उपमेयरका उम्मेदवार सालिनी चाैधरीले ४३० मत ल्याएर पछ्याइरहेका छन् ।




