बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यहरुले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन ।
उनिहरुलाई गौशाला नगरपालिकाको सभाहलमा आयोजित समारोहमा नगर प्रमुख डा.दिपेन्द्र महतोले सपथ गराएका हुन् । समारोहमा १२ वटै वडाका वडाध्यक्ष सहित ४८ वटै वडासदस्यहरुले सपथ लिएका हुन् ।



सपथ समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख डा. महतोले निर्वाचित जनप्रतिनिधिले सामाजिक न्यायको सिद्धान्तमा रहेर काम गर्न आग्रह गरे संगै उनले निर्वाचनमा मत विभाजन भए पनि निर्वाचित जनप्रतिनिधि विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्नुपर्ने र जनताको आवश्यकताका आधारमा स्थानीय सरकार तथा सरकारका जनप्रतिनिधि हिड्नु पर्ने बताए ।
स्थानीय तह निर्वाचन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले जिम्मेवारी सम्हालेका हुन् । नगरप्रमुख डा. महतोले निर्वाचनलाई शान्ति पुर्ण ढंगमा सप्पन्न गराउन उल्लेख्य भुमरी निर्वाह गरेकोमा निर्वाचनकर्मी, सुरक्षा निकाय , उम्मेदवार ,राजनीतिदल संचारकर्मी तथा सम्पुर्ण नगर बासीलाई धन्यवाद अभार प्रकट गरे ।




