धनुषा – धनुषामा एक किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजानिक भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको प्रहरी स्रोतले जनाएको छ ।पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आईतबार चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका–६ बस्ने २८ बर्षीय गणेश महतो, वडा नं ५ बस्ने ४० बर्षीय जय कुमार यादव र भारतको विहार घर भई क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ३० बर्षीय धर्मेन्द्र पटेल रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।घटनामा संलग्न भनिएका अझै एकजना फरार रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।



गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका–५ मा ल्याई जवरजस्ती करणी गरेका थिए ।पीडित पक्षले जवरजस्ती करणीको आरोपमा उनीहरुमाथि ईलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएका थिए । प्रहरीले त्यो मुद्दा जेठ ३ गते दर्ता गरेको थियो । प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतले आरोपितहरु विरुद्ध पक्राउ पुर्जी नै जारी गरेका थिए ।आरोपितहरुमध्ये चारजना आईतवार पक्राउ परेका छन् ।
प्रहरीका अनुसार घटनामा संलग्न भनिएका अन्य एकजना संलग्न रहेको पीडित पक्षको दावी छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरुलाई धनुषा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।




