गौशाला । महोत्तरीको गौाशाला नगरपालिका–११ भरतपुरका पूर्व वडाध्यक्ष बद्री नारायण श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको गत श्रावण महिनामा अचानक प्रेसर हाई (ब्रेन हेमरेज) भए पछी उनलाई उपचारको लागि एम्बुलेन्स मार्फत काठमाडौंको नर्भिक इन्टरनेसनल हस्पिटलमा लगिएको थियो ।



उनलाई केहिमहिना उपचार पछि बेड रेस्टका लागि काठमाडौ बाट घर ल्याएको थियो र रोगबाट थलिएका श्रेष्ठको आज (शुक्रबार) बिहान करिब ७० वर्षको उमेरमा मृत्यु भएको परिवार स्रोतले बताए ।
उनको शनिबार भरतपुरमै अन्त्येष्टि गरिने भएको छ । उनको शरिरको देब्रे भाग चल्न छाडेको र उनी वि.स. २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बनेर निर्वाचित भएका थिए ।
वडा अध्यक्ष श्रेष्ठको निधनप्रति गौशाला नगरपालिका वडा १० का अध्यक्ष विष्णु कुमार महतो (मुकेश)ले दुख व्यक्त गरेका छन् ।




