जनकपुरधाम। जिल्ला समन्वय समिति धनुषा प्रमुखमा नेपाली कांग्रेसका राजनन्द मण्डल ‘राज’सहित पूरा प्यानल नै निर्विरोध निर्वाचित भएको छ। बुधबार जिससका प्रमुख, उपप्रमुखसहित सदस्यहरूमा कांग्रेसको मात्र मनोनयन परेपछि सबै निर्विरोध निर्वाचित भएका हुन् ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार प्रमुखमा राजनन्द मण्डल राज, उपप्रमुखमा संगितादेवी ठाकुर निर्वाचित भएका हुन् ।
यस्तै, सदस्यहरूमा इश्वरीप्रसाद शर्मा,डम्बरबहादुर थापा मगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनिता देवी सदा र दलित वा अल्पसंख्यक सदस्यमा महेन्द्र महतोले मात्र उम्मेदवारी दर्ता गराएपछि निर्विरोध भएका अधिकृत प्याकुरेलले जानकारी दिए ।
प्याकुरेलका अनुसार जिससका लागि ९ जना आवश्यक रहेकोमा ९ जना कांग्रेसबाट मात्र उम्मेदवारी परेको हो।