बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० का पूर्व वडा अध्यक्षको बदमासीले जनताहरु मर्कामा परेका छन् ।
कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ अन्त्तर्गत नेपाल सरकारले रकम उपलब्ध गराउने भए पछि वडा बाट नाम संकलन गरेकोमा धेरै जसो अतिविपन्नहरुको नाम पूर्व वडा अध्यक्ष शेख जलिलले हटाएको आरोप लागेको छ ।



गौशाला नगरपालिकाले कोभिड १९को महामारीबाट प्रभावित अतिविपन्न परिवार लक्षित नगद हस्तान्तरण प्राप्त गर्ने २२५ जनाको विवरण सर्वजानिक गरेको छ ।

पुर्ववडासदस्यको छोरा
कोरोना महामारीमा नेपाल सरकारबाट अतिविपन्न परिवारहरुका लागि रु १० हजार दिने गरी निर्णय गरेको थियो । सो निर्णय अनुसार नगरि पुर्व वडाध्यक्षले पुर्ववडासदस्यको छोरा लगायत एउटै परिवारको ३/३ जनाको नाम भेटिएको नवनिर्वाचित वडा अध्यक्ष विष्णु कुमार महतोले बताए ।
आफ्नो नाम नभेटिए पछि देवबति मण्डलले भने ‘हामी संग भेदभाव गरिएको छ। हाम्रो नाम टिपोट गरेर लगे पनि पछि हाम्रो नाम हटाईएको छ।’

एउटै परिवारको दुई/तीन पटक नाम आएको विवरण
हाम्रो नाम पूर्व वडा अध्यक्षशेखले हटाएको पिडित गगन मण्डलले पनि आरोप लगाएको छ ।




