महोत्तरी- नेकपा एमाले महोत्तरीका सह ईन्चार्ज वुधनीदेवी महतोले अगामी मंसिर ४ गते हुने निर्वाचनले देशको भविष्य निर्धारण गर्ने भएकोले स्वविवेकको प्रयोग गरि मतदान गर्न आव्हान गरेकी छिन् । आईतबार नेकपा एमाले गौशाला नगर कमिटीले दशै दिपावली, छठपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बीच सह ईन्चार्ज महतोले आममतदातालाई कसैको वहकाउ वा डरधम्कीमा नपरि स्वतन्त्र रुपमा मतदान गर्नका लागि आग्रह गरीन् । उनले भनिन्, 'देश निर्माणको लागि एमालेले विगतको समयमा जनमुखि कार्य गरेको छ ।
सो लाई मनन गर्नुपर्ने अहिलेको आवश्यक रहेको छ । सहि निर्णयले नै देश निकास पाउने कुरामा पनि मनन गर्नुपर्ने अत्यन्त जरुरी रहेको छ ।ु केन्द्रिय सदस्य समेत रहेकी नेतृ महतोले एमाले पार्टीले कार्यकर्ताको कामको मुल्यांकन गर्ने गरि कार्यसम्पादन गर्दै आएको छ ।सोहीवीच पूर्व प्रदेशसभा सदस्य शारदादेवी थापाले एमाले पार्टी अव निरिह, पिछिडिएको समुदाय, अल्पसंख्यक समुदायको क्षेत्रमा केन्द्रित भई कार्य सम्पादन गर्दै आएकोले पार्टी क्रमिक रुपमा वलियो बन्दै गएको धारणा राखेकी हुन् ।
गौशालाजस्तो क्षेत्रमा अजय कुशवाहा नेतृत्वको टिमले पार्टीलाई वलियो बनाएको उल्लेख गर्दै नेतृ थापाले पार्टीको गतिविधीलाई जनमानससमक्ष पुर्याउने काममा सवैले सहयोग गर्नुपर्ने धारणा राखेकी हुन् । पार्टीले नियम विपरीत काम गर्ने जो कोहीलाई समयमै कारवाही गर्ने भएकोले अव सचेत भई कार्यसम्पादन गर्नका लागि पार्टीका कार्यकर्तालाई आग्रह गरेकी हुन् ।
अहिलेको गठवन्धन सरकारको भन्दा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जनमुखी कार्य गरेको प्रदेश समिति सदस्य माधव श्रेष्ठले ठोकुवा गरेका छन् । मधेश प्रदेशको हकमा समेत केपी ओली नेतत्वको सरकारले कृषि, सिचाई लगायतका महत्वपूर्ण निर्णयहरु गरेकोले एमाले नै मधेशीको हकमा काम गर्ने श्रेष्ठले जिकिर गरेका छन्।कार्यक्रमकाबीच पुर्व युवा संघका केन्द्रिय सदस्य प्रमोद महतोले एमाले मात्र राष्ट्रवादी पार्टी भएको धारणा राखेका छन् ।
मधेशी दलभन्दा बढि मधेशको हकहितमा एमालेले सोचेकोले अबको निर्वाचनमा एमाले देशमै पहिलो नम्बरको पार्टी बन्ने उनले दावी गरेका छन् । कार्यक्रमकाबीच स्थानिय दिपेन्द्र महतो र नविन महतोको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ताहरु अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेतृद्धय बुधनीदेवी र शारदा देवी थापाले अविर र दोसल्ला ओढाएर पार्टी प्रवेश गराएका हुन् । कार्यक्रम नगरअध्यक्ष अजय कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो ।







वडा दशैँको शुभकामना




















