काठमाडौं । आइतबार दिनभर भएका नाटकीय घटनाक्रमले ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन् । उनलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टीकाका १ सय ६६ जना र ३ जना स्वतन्त्र गरेर १ सय ६९ जना सांसदको समर्थन रहेको छ ।
एमाले माओवादीबीचको सहमतिमा मूख्य पद बाँडफाँट र आलोपालोको विषय पनि उल्लेख छ । एमालेले अहिले राष्ट्रपति र सभामुख पाउनेछ । साढे २ वर्षपछि माओवादीले प्रधानमन्त्री छाड्नेछ भने सभामुख पाउनेछ ।



अहिले एमालेको भागमा परेको राष्ट्रपतिमा को नियुक्त होला भन्ने चासो छ । राष्ट्रपतिमा विद्यादेवी भण्डारीको निरन्तरताको सम्भावना भने छैन। संविधानको धारा ६४ ले दुई कार्यकाल राष्ट्रपति भएको व्यक्ति फेरि राष्ट्रपति हुन नसक्ने व्यवस्था गरेको छ।
एमालेबाट नयाँ अनुहार राष्ट्रपतिमा जानेछन् । सांसद पदमा रहेका व्यक्ती राष्ट्रपति बन्दा सुवास नेम्वाङको नाम अगाडी आएको छ । यस्तै, गैर सांसदलाई बनाउँदा अष्टलक्ष्मी शाक्यको नाम पनि अघि आएको छ । यी नाम एमालेका विभिन्न भातृ संगठनकका फेसबुक ग्रुप र च्याट ग्रुपमा निकै बहसमा आएका छन् ।




