महोत्तरी- नेपाल पत्रकार महासंघको ६८ औ वार्षिकोत्सवको अवसरमा महोत्तरीका पत्रकारहरुले विरामीलाई फलफूल वितरण गरि मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा महोत्तरीका विभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरुले बर्दिवास अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेका हुन् । ‘प्रेस स्वतन्त्रताको आधार , सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने नारा सहित महासंघ महोत्तरी शाखाले प्रदर्शन समेत कार्यक्रममा गरेका हुन् ।



कार्यक्रममा पत्रकार रविन्द्र उप्रेती , कमलेश मण्डल , निरन्जन कुमार साह , ललन मण्डल , प्रेम यदुवंशी , दिनेश महतो , राजेश सिंह , आशा तोलांगे , राम नारायण महतो लगायत विभिन्न पत्रकारहरुको सहभागिता रहेको थियो ।





