जनकपुरधाम- प्रहरीले एक भारतीय युवकलाई महोत्तरीबाट पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ ।
जिल्लाको एकडरा गाउँपालिका ४ हल्खोरी बजार स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतको जिल्ला सितामढी बाजोपट्टी गाउँ ६ बस्ने २६ वर्षीय पप्पु यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले शंकाको आधारमा युवकलाई चेकजाँच गर्दा भारतमा निर्मित पेस्तोल १ थान र त्यसको गोली ५ राउण्ड बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


