महोत्तरी– गौशालाका नगर प्रमुख डा. दिपेन्द्र महतोलाई सर्वदलीय ध्यानाकर्षण पत्र बुझाइएको छ ।
मंगलबार गौशाला नगरपालिकाका नगर प्रमुख डा. महतोलाई स्थानीय सक्रिय दलका प्रतिनिधिहरुले कुनै पनि वडा संग रिसिवी नगर्न नगराउनका निम्ति ध्यानाकर्षण पत्र बुझाएको नेपाली कांग्रेसका दशरथ महतोले बताए ।



वडा कार्यालयका वडा अध्यक्ष र वडा योजनाहरु मध्य स्ट्रिट लाइट खरिद तथा जडान योजना आ.व. २०७९/०८० मा संचालन गर्न र आउने आ.व. मा समेत वडा संग कुनै रिसिवी नगर्न नगराउन ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
साथै ध्यानाकर्षण पत्रमा नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एमाले, लोसपा , जनमत पार्टी , राप्रपा र जसपा पार्टीका प्रतिनिधिहरुको संयुक्त हस्ताक्षर रहेको छ।





