महोत्तरी – जलेश्वरमा भइरहेको संसारी माई पूजामा आज शुक्रवार मटिहानी नगरपालिका तथा मटिहानी नगरबासीले हेलीकॉप्टर द्वारा पुष्प बर्षा (पुष्पबृष्टि) गराएका छन् ।

दिउसो १:०० बजे काठमाण्डौबाट आएको प्रभु एयरको हेलिकॉप्टरबाट संसारी माई मन्दिर लगायत जलेश्वर क्षेत्रमा पुष्पबृष्टि गरिएको कुरा मटिहानी मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले बताउनु भयो ।




हेलिकॉप्टरमा मटिहानी नगरपालिकाका नगर प्रमुख मंडल, जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह, महोत्तरीका नि.प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपानेले सवार भई हेलिकॉप्टरबाट पुष्पबृष्टि गरेका थिए ।
संसारी माईको पूजा प्रत्येक पाँच बर्षमा हुने गरेका छन् । संसारी माई यस क्षेत्रका प्रसिद्व देवी हुन् ।




