कैलाश माझी/सप्तरी
सप्तरीको सप्तकोशी नगरपालिकाको ११ औ नगर सभा भब्यताका साथ सम्पन्न भएको छ । वडा नं. २ स्थित रहेको श्री गोबर्धन बैरागी जनता माध्यमिक बिद्यालय फत्तेपुरको सभाहलमा नगर प्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षतामा नगर सभा सम्पन्न भएको हो ।
सप्तकोशी नगर स्वच्छ, सफा, हरियाली, स्मार्ट शहर, सर्वाङ्गिण विकासको पुर्वाधार, सप्तकोशी नगरपालिकाको समृद्धिको आधार भन्ने मुल नाराका साथ नगर प्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरीले ४१ करोड ५७ लाख २ हजार रुपैया बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।



कार्यक्रम विधिवत रुपमा दिपप्रज्वलन, रास्ट्र गान र ज्ञात अज्ञात वीर सहिदहरु प्रति मौन धारण गरि सुरु गरिएको थियो । उक्त कार्यक्रममा सप्तकोशी नगरपालिकाको नगर प्रमुख कृष्ण प्रसाद ढकालले आ.ब. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
जसमा आर्थिक वर्ष २०८०/०८१ को लागि संघीय सरकार बाट प्राप्त हुने ससर्त अनुदान तर्फ १२ करोड २९ लाख,प्रदेश सरकार बाट प्राप्त हुने ससर्त अनुदान तर्फ अनुमानित १ करोड ५० लाख ,संघीय सरकार बाट प्राप्त हुने सम्पुर्क अनुदान तर्फ १ करोड ८० लाख, संघीय सरकार बाट प्राप्त हुने विशेष अनुदान तर्फ २ करोड,संघीय सरकार वितिय समानिकरण अनुदान तर्फ, ९ करोड ११ लाख,प्रदेश सरकार बाट प्राप्त हुने विशेष अनुदान तर्फ ३० लाख ,प्रदेश सरकार बाट प्राप्त हुने सम्पुर्क अनुदान तर्फ २० लाख बराबरको कार्यक्रम ल्याएका छन् ।
त्यस्तै बिषयगत शाखा तर्फ २ करोड २२ लाख ९५ हजार बराबरको रकम विनियोजित गरेको छ । जसमा स्वास्थ्य शाखा तर्फ ६० लाख,शिक्षा शाखा तर्फ ५० लाख,कृषि बिकास शाखा तर्फ २९ लाख ५० हजार,पशु शाखा तर्फ ४४ लाख,महिला तथा बालबालिका शाखा तर्फ १५ लाख,सामाजिक बिकास शाखा तर्फ १० लाख,पञ्जिकरण शाखा तर्फ ८ लाख ४५ हजार र रोजगार तथा सूचना प्रविधी शाखा तर्फ ६ लाख गरि जम्मा २ करोड २२ लाख ९५ हजार रकम विनियोजित गरेको छ ।
त्यस्तै वडा तर्फ ३ करोड बराबरको रकम विनियोजित गरेका छ्न । जस्मा सप्तकोशी नगरपालिका वडा नं. १ तर्फ रु. ४१ लाख ४० हजार,वडा नं. २ तर्फ रु. २८ लाख ११ हजार,वडा नं. ३ तर्फ रु. २४ लाख ५७ हजार, वडा नं. ४ तर्फ रु. २७ लाख ९३ हजार,वडा नं. ५ तर्फ रु. २४ लाख २४ हजार, वडा नं. ६ तर्फ रु. २४ लाख ७५ हजार,वडा नं. ७ तर्फ रु. २३ लाख ९७ हजार,वडा नं. ८ तर्फ रु. २६ लाख १० हजार, वडा नं. ९ तर्फ रु. २४ लाख ९९ हजार, वडा नं. १० तर्फ रु. २७ लाख ६६ हजार र वडा नं. ११ तर्फ रु. २६ लाख २८ हजार गरि जम्मा ३ करोड रकम विनियोजित गरेको छ ।
नगर प्रमुख ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईं,मधेस प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री माननीय कृष्ण प्रसाद यादव,पुर्व युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल,पुर्व कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री माननीय राजकुमार लेखी, निवर्तमान नगर प्रमुख उत्तम कुमार शर्मा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू,सप्तकोशी नगरपालिकाको सम्पुर्ण वडाका जनप्रतिनिधि लगायत कर्मचारीहरु, कार्यपालिकाको सदस्यहरु सहित सुरक्षाकर्मी, लगायत पत्रकारको उपस्थिति रहेको थियो ।




