महोत्तरी- महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ का तरकारी खेती गर्ने कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको छ ।
तरकारी वालीको नयाँ पकेट कार्यक्रम अन्तर्गत ४० जनालाई मोटर, डेलिभरी पाइप, स्प्रे टंकी, गटोर स्प्रे, कोदालो, जैविक मल्ल र तरकारीको बिउ सहितका सामग्रीहरु आज एक कार्यक्रम बीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले वितरण गर्नुभयो ।



सो अवसरमा बोल्नु हुँदै नगर प्रमुख मण्डलले तरकारी खेतीलाई प्रोत्साहित गर्ने उद्देश्यले सामग्री वितरण गरिएको कुरा बताउनुभयो ।
वडा ६ मा १५ हेक्टरमा तरकारी खेती गर्नमा करीब ३० परिवार संलग्न रहेको कुरा कृषि शाखा प्रमुख टंक प्रसाद उपाध्यायले बताउनु भयो ।त्यसै गरी तरकारी खेतीबाट हामी १ बर्षमा लगभग १ लाख देखि ५ लाख सम्म रकम आर्जन गरी रहेको कुरा कृषकले बताउनुभयो ।




