जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई प्रदेशको कामकाजी भाषा सम्बन्धमा स्मरणपत्र बुझाइएको छ।
मैथिली भाषालाई कामकाजी भाषा बनाउन माग गर्दै मैथिली भाषा क्षेत्रमा काम गर्ने संस्थाका पदाधिकारीहरुले सोमबार संयुक्त रुपमा स्मरणपत्र बुझाएका छन् । यसअघि पूर्व मुख्यमन्त्री लालबाबु राउतलाई पनि ज्ञापनपत्र, सुझावपत्र, ध्यानाकर्षणपत्र बुझाइएको थियो । कामकाजी भाषा कार्यान्वयन गर्न भाषा आयोग र केन्द्रीय संस्कृति मन्त्रालयको सिफारिस आएको एक वर्ष वितिसके पनि प्रदेश सरकारले वेवास्ता गर्दै आएको आरोप लगाइएको छ ।



तत्काल मैथिली भाषालाई कामकाजी भाषा घोषणा गर्न माग गरिएको छ । माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ । मैथिली साहित्यकार सभाको सभापाल प्रेम विदेह ललनको नेतृत्वमा स्मरणपत्र बुझाइएको छ । उक्त स्मरणपत्रलाई बोधार्थ मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, प्रदेश सभा सचिवालय, मधेश प्रज्ञा प्रतिष्ठानलाई बोधार्थ गरिएको छ ।




