महोत्तरी- रामगोपालपुर स्थित जानकी एकेडेमीक हस्पिटलमा रक्तदान कार्यक्रमकाे आयाेजना हुने भएको छ । महोत्तरीको औरही नगरपालिका, सोनमा गाउँपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकाको बीचमा रहेको जानकी एकेडेमीक हस्पिटलको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
असार ३० गते शनिबार हस्पिटलको प्राङ्गणमा रक्तदान कार्यक्रम हुने भएको हो । हाम्रो खेर जाने रगत दान गर्दा कसैको जीवन बाँच्छ भने त्यो भन्दा ठूलो योग्दान केही नहुँने भन्दै कार्यक्रमको आयोजना गरिएको हस्पिटलका संचालक एबम पुर्व स्वास्थ तथा जनसंख्या मन्त्री डा.सुरेन्द्र यादवले बताए ।



उनले यस अघि पनि थुप्रै ठाउँहरुमा शिविर चलाउदै आईएको र अहिले रगतको अभावको कारण कतै अभाव नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गर्ने बताए । यस रक्तदानमा सहभागी हुन सबैजनालाई अनुरोध गरेका छ्न्।





