राजविराज- संगठनको दोस्रो स्थापना दिवसको अवसरमा आई टी आर्मी जिल्ला कार्य समिति सप्तरीले अस्पतालका बिरामीहरुलाई फलपूmल वितरण गरेको छ ।
शुक्रबार राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको संगठनले जनाएको छ ।
अस्पतालमा पुगेर भर्ना भएका ५० जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको संगठनका जिल्ला अध्यक्ष दिलिप कुमार साहले जानकारी दिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका जिल्ला अध्यक्ष धिरेन्द्र कुमार दास, सचिव सञ्जय शर्मा, अस्पतालका कर्मचारी धनेश्वर साह, संगठनका जिल्ला अध्यक्ष दिलिप कुमार साह, आम जनता पार्टीका जिल्ला सचिव सुनिल राज दास, संगठनका सदस्यहरु संतोष कुमार साह, रामकुमार साह, नेपाल टेलिभिजका सप्तरी संवाददाता राम नारायण यादव, ज्योति एक्सपे्रस साप्ताहिकका सम्पादक महेश कुमार यादव लगायतको उपस्थिती रहेको थियो ।
सोही अवसरमा आई टी आर्मीको राष्ट्रिय अध्यक्ष एवं यूवा नेता चन्द्र भुषण साहले स्थापना दिवसको अवसरमा जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई सफलता पूर्वक दोस्रो स्थापना दिवस भवय रुपमा सम्पन्न गरेकोमा सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।







