कृष्ण राज गिरी/ भैरहवा
भंसार विभाग ले असार २२ गते जारी गरेको सुचना मा साउन १ गते देखि आयातित उपभोग्य माल समानमा आयातकर्ता र वितरकको नाम ठेगाना, इमेल र एक्जिम कोडको लेवल अनिवार्य टास्नुपर्ने निर्णयको व्यापारीहरुले असन्तुष्टि जनाएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, वीरगंज उद्योग वाणिज्य संघ, नेपालगंज उद्योग वाणिज्य संघ र मोरङ व्यापार संघ ले विहिवार संयुक्त प्रेस विज्ञप्ती जारी गरेर भंसार विभागको सो निर्णय को विरोध गरेको हुन् ।
प्रेस विज्ञप्ती मा उध्योग,व्यापार, व्यवसाय हरु अनेक समस्या हुदाँ पनि जेनतेन संचालन गर्दै आएको मा विभिन्न सरकारी निकाय हरु ले नियन्त्रणात्मक गतिविधि को नाम मा अनेक हस्तक्षेप को कारण व्यापार खस्कदैं गएको र यस्को पछिल्लो उदाहरण लेवलिगं सम्वन्धमा भंसार विभाग द्वारा निकालिएको सुचना रहेको भनिएको छ।
सिद्धार्थ उद्योग वाणिज्य संघ का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ ले विहिवार पत्रकार सम्मेलन गरेर भंसार विभाग को अनिवार्य लेवल लगाउने सम्वन्धी सुचना का कारण व्यवसाही हरु मा अन्योल र त्रास को वातावरण सृजना भएको जनाएका छन्। श्रेष्ठ ले संयुक्त प्रेस विज्ञप्ती वारे पनि जानकारी गराए ।
प्रेस विज्ञप्ती मा विगत केहि महिना देखि भंसार प्रशासन ले राजस्व संकलन को नाम मा आयातकर्ता लाई विल विजक को मुल्य को आधार मा भंसार जाँचपास नगर्ने, वास्तविक मुल्य राखेर जाँचपास गराउँदा पनि ५० % सम्म पेनाल्टी लगाउने लगाएत अन्य वहाना मा दु:ख दिने गरेको आरोप लगाईएको छ।व्यवसाही हरु को समस्या को समाधान नभए कडा विरोध को कार्यक्रम गर्ने संयुक्त प्रेस विज्ञप्तीमा जनाईएको छ।




