कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को सिद्धार्थनगर नगरपालिका ले नगर भित्र का सम्पुर्ण इन्टरनेट सेवा प्रदायक कम्पनी हरु लाई अव्यवस्थित तार हरु व्यवस्थापन गर्न साउन १५ गते ७ दिने ताकेता पत्र जारी गरेको छ।
अव्यवस्थित तार वारे व्यापक जनगुनासो वारम्वार आएको र नगरपालिका ले पटक पटक तार व्यवस्थापन गर्न पत्राचार गर्दा पनि समस्या समाधान नभएको ले अन्तिम पटक सात दिने सुचना जारी गरिएको नगरपालिका ले जनाएको छ।



सिद्धार्थनगर नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नवराज पौड्याल ले जारी गरेको ताकेता पत्र मा नगर भित्र रहेका बिजुली तथा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी का तारहरु अव्यवस्थित भई नगर को सौन्दर्यकरण मा प्रतिकुल प्रभाव परेको तथा बजार क्षेत्र लाई कुरुप बनाउनु को साथै सर्वसाधारण मानिसहरु लाई पैदल हिड्न समेत गार्हो भएको ले सात दिन भित्र तार व्यवस्थापन गर्न अनुरोध गरिएको छ। सात दिन भित्र पनि तार व्यवस्थापन नगरिए नगरपालिका ले आफै व्यवस्थापन गर्ने र सो गर्दा सेवा प्रदायक लाई असुविधा परेमा सम्वन्धित कार्यालय नै जिम्मेवार हुने भनि पत्र मा जानकारी गराईएको छ।




